भा. प्र. मन्त्री नरेन्द्र मोदीको हिट फर्मुलाको (हाईवे, आईवे, ट्रान्स्वेको) प्रोत्सहानबाट आईटी क्षेत्र निकै नै उत्शाहित भएको छ | पछिल्ला दिनमा यसको स्वागत बिज्ञप्ति जारी मात्र नभई यस क्षेत्रमा थुप्रै कार्यक्रम हुदै गइरहेको छ |
गत श्रावण २३ गते पनि, सूचना प्रविधि समाज, नेपाल र जनमैत्री बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा “कम्प्युटर नेटवर्क र आईसीटी इन एजुकेसन” को बिषयमा छलफल तथा गोष्ठी सम्पन भएको छ | यस कार्यक्रमका लक्षित स्रोता भने आईसीटी इन एजुकेसनसंग आवदध युवा वर्ग रहेको थियो |यी युवा सो बिषयको नीतिगत क्षेत्रसंग सरोकार राखने वर्ग थिए | कार्यक्रमको मूल उदेश्य भने युवा सशक्तिकरण रहेको थियो |
कार्यक्रमको छोटो उदघोसनमा उदघोसक श्री. बिशाल महतले सूचना प्रविधि समाज, नेपालका संस्थापक अध्यक्ष, वर्तमान कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका संचालक सदस्य श्री. नारायण न्यौपानेको समयबाट नै यी कार्यक्रमहरुलाई उर्जा प्रदान गरिएको बताए | साथै वर्तमान अध्यक्ष श्री. चन्द्र विलाश भुर्तेलले “आईसीटी इन एजुकेसनमा” अनवरत रुपले योगदान दिइरहेको कुरा “इएजुकेसन प्रोजेक्टको” उदाहरणबाट प्रस्ताइएको थियो | त्यस्तै जनमैत्रीका बी.एड. आईसीटीका कोदिनेटर श्री. रुद्र ज्ञवालीले आईसीटी इन एजुकेसनका बारेमा प्रकाश पारे | कार्यक्रमका ट्रेनर तथा सूचना प्रविधि समाज, नेपालका वर्तमान कार्यकारी सदस्य श्री. सुभाष खड्काले सगरमाथा अञ्चलको सप्तरी जिल्ला अवस्थित तिलाठी गा.वि.स.मा सूचना प्रविधि समाजले गरेको इ.एजुकेसनक पाइलट प्रोजेक्टको उदाहरण दिदै सूचना प्रविधिबाट कसरी आधुनिक शिक्षा ग्रहण गर्न सकिन्छ भने कुरा उल्लेख गरे |
खड्काले कम्प्युटर नेटवर्कको सेमीनार आगाडी बढाउदै कम्प्युटर नेटवर्क र २१औ सताप्दीका नेटवर्क कसरी प्रयोग गर्न सकिन्छ भनेर प्रदर्शन गरे | उनले बैंकका नेटवर्क, भरचवल प्राइभेट नेटवर्क सेटअप, हालैको १.२ बिलियन पासवोर्ड अट्याक, आएसपीका मामला, समुद्री नेटवर्क केवल, क्लाउद सेक्युरिटी, आईबियमका उदहारण, गूगल डक्स, इसकाई ड्राइभ आदिको चर्चा पनि गरे |
कार्यक्रममा सहभागी सुश्री. कविता ढकाल, सुश्री. सुमिता पौडेल, सुश्री. रेनुका झा, सुश्री. बिनिता सुनार, सुश्री. ममता, श्री. चन्द्र बहादुर बम, श्री. जनार्दन महतो लगायतका सहभागीहरुले कार्यक्रममा दिइएको ट्रेनिंग अती उपयोगी रहेको र उनीहरु जस्ता युवालाई सान्दर्विक भएको पनि बताए | समग्रमा कार्यक्रमले एक अर्थपूर्ण दिशा प्रदान गरेको विश्वास सहभागी, आयोजक र सम्पूर्ण उपस्थित स्रोतामा देखिन्थ्यो |
कार्यक्रममा दुवै महिला र पुरुष वर्गको संख्या बराबर पाइएको थियो | महिला उपस्तिथी ४९% र पुरुष उपस्तिथी ५१% रहेको थियो | कार्यक्रमको आयोजना जनमैत्री क्याम्पसको बिशेष हलमा भएको थियो |
सूचना प्रविधि समाज, नेपालका अनुसार सन २००३ बाट नै “युवाका सूचना प्रविधिमा पहुच” भन्दै क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय रुपमै संस्थाका सपरिवार लागी परेको र महामहिम मोदीको हिटले अझ आफुमा उत्साह थपेको जानकारी गराउदै सम्पूर्ण युवालाई राष्ट्रको सूचना प्रविधि क्षेत्रका लागी हातेमालो गर्न पनि आहवान गरेको छ | गत जुलाई १४, २०१४ मा कोरियन सोसाईटी फर इन्टरनेट इन्फरमेसन(के. एस. आइ.आइ) संगको साझेदारी पछिको सूचना प्रविधि समाज, नेपालको पहिलो क्षेत्रीय कार्यक्रम “कम्प्युटर नेटवर्क र आईसीटी इन एजुकेसन” रहेको छ |